Odapalika - The Fourth Estate - चौथो अंग
त्रियुगाका पूर्वमेयर र प्रशासकीय अधिकृतले ८१ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा

त्रियुगाका पूर्वमेयर र प्रशासकीय अधिकृतले ८१ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा

काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीले नदीजन्य पदार्थ उत्खनानको ठेक्का प्रक्रियामा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहतिका कर्मचारीसमेतको सो प्रकरणमा मिलेमतो देखिएको ठहर गर्दै उनीहरुविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

त्रियुगा नगरपालिकाका तत्कालीन नगर प्रमुख बलदेव चौधरीले आर्थिक वर्ष २०७८ ०७९ मा त्रियुगा नगरपालिकाभित्रका बरुवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटो बाहेकको प्रारम्भिक वातबरणीय परीक्षण प्रतिबेदन स्वीकृत गरेको, त्रियुगा नगरपालिकाको नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयअनुसार नदीजन्य पदार्थको प्रस्ताबित आय प्रक्षेपण गरेकोमा निज नगर प्रमुखकै अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार ढुङगा, ग्राभेल, बालुवा उत्खनन, संकलन, बिक्री कर उठाउने प्रयोजनको लागि न्यूनतम अंक कायम गर्ने निर्णय गरी निजले नगरस्तरीय राजस्व परामर्श समितिको निर्णय तथा इआए प्रतिबेदन अनुसारको अनुमानित राजस्व रकमसमेतलाई बेवास्ता गरी मिलेमतोमा ठेक्काको न्यूनतम रकम कायम गरेको कारण बास्तबिक उठाउनु पर्ने राजस्व रकम नउठाई राजस्व चुहावट भएको  अख्तियारको ठहर छ । 

यो प्रकरणमा मेयरले ८१ लाख लाख ३५ हजार ३८२ रुपैयाँ १६ पैसा  र हिनामनिा भएको राजश्व रकमसमेत असुल गर्न माग गदैृ मुद्दा दायर भएको हो । 

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरण कुमार कार्कीले पनि  मेयरलाई जतिनै विगो र ररिमाना माग गर्दै मुद्दा दायर गरिएको छ । 

यो प्रकरणमा त्रियुगा नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख गुरु प्रसाद ढकाल, निश्चल ट्रेडर्स हेटौडाका प्रोपाइटर तथा ठेकदार राजेश बछारविरुद्धपनि मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update