Odapalika - The Fourth Estate - चौथो अंग
आजको राशिफलः मकरलाई धन लाभ हुँदा मेषलाई दुर्घटनाको जोखिम

मेष (चु चे चो ला लि लु ले लो अ)

हतारमा अथवा आवेशमा काम गर्दा समस्यामा फस्नु पर्नेछ । आजको दिन समयअनुसार तपाईँ चल्नुपर्नेछ । गरेका काम अपूर्ण होलान् । दुर्घटनादेखि पनि जोगिनु पर्ला । धीर मनले चिताएको वा सोचेको कुरा पूरा हुनेछ । यात्रामा सफलता पाउने योग छ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

अचानक धन प्राप्त हुनसक्छ । मनले चिताएको कार्य पूरा हुनेछ । नयाँ नयाँ काम गर्न मन लाग्नेछ । खुसीको खबर सुन्न पाइनेछ । नयाँ जिम्मेवारी बोक्नुपर्ला । शरीर सस्थ्य रहनेछ । परस्त्रीसँग टाढै रहनु वेश हुन्छ ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

समय कष्टप्रद नै रहेको छ । गरेको काममा बाधा पुग्ने नै देखिन्छ । आज पनि नयाँ कार्यको थालनी नगर्दा राम्रो होला । आप्mनो मनलाई नियन्त्रणमा राख्नुपर्नेछ । स्वस्थ्यमा पनि गडबडी हुनेछ । तपाईँको आजको दिन मध्यम मात्र छ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आजको दिन साथीहरुसँग भेटघाट हुनेछ । आपूmभन्दा ठूलाको सल्लाह लिएर मात्र काम गर्दा सफल होइएला । स्वस्थ्यमा केही गढबडी आउनेछ । मनमा अनावश्यक चिन्ता आउला । संयमताको आवश्यक देखिन्छ ।  

सिंह (मा मि मु मे मो टा टि टु)

आजको दिन अनुकूल छ । झिनामिना कुरामा अल्मलिने समय छैन । आपूmले गरेको काममा सफल हुनुहुनेछ । आफन्त इष्टमित्रको प्रशस्तै सहयोग पाइनेछ । अरुले काम बिगार्न सक्छन् सतर्क रहनुहोला ।

कन्या (टो प पि पु ष ण ठ पो)

तपाईँको आज मध्यम दिन छ । पाहुनाको स्वागतमा समय खर्चिनु पर्नेछ । यात्राको अवसरलाई सदुपयोग गर्नुहोला । कामले सफलता पाउने योग छ । पुरानो गुमेको पाइएला । 

तुला (र रि रु रे रो ता ति तु ते) 

शरीरमा पीडाको अनुभूति होला । खानपिनमा ध्यान दिनुपर्ने हुन्छ । अरुको प्रशंसा पाइनेछ । बोलीले काम विग्रन सक्छ विचार पुर्याउनु पर्ला । मन अशान्ति होला । चञ्चल मनलाई सम्हालेर काम गर्नु उचित हुनेछ ।

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको दिन कष्टमय समय रहेको छ । हरेक काममा बाधा अड्चन आउनेछन् । नसोचेको ठाउँमा धन खर्च हुनेछ । छिटो बोल्दा आफैँ फसिने सम्भावना रहन्छ विचार गर्नु पर्नेछ । मानसिक तनाव होला ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज सुखप्राप्तिको योग छ । नयाँ कार्यको थालनी गर्दा राम्रो हुन्छ । आजको यात्रा भने सफल र उपलब्धिमय छ । थोरै जीउ दुखाइको भने महसुस हुन सक्नेछ । सबैको मन जित्न सकिनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

सोचेअनुसार काम बन्ने छ । विचारको सम्मान हुनेछ । गरेको कामले पूर्णता पाउनेछ । मनोरञ्जनका साथ दिन बित्नेछ । आकस्मिक धनागम हुने योग छ । स्वस्थ्यमा पनि उल्लेख्य सुधार हुनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको दिन आफन्तसँग मनमुटाव हुनसक्छ । बोल्दा वा कामगर्दा थोरै  विचार गर्नु पर्नेछ । आजको यात्रा सकेसम्म नगर्दा राम्रो होला । समाजसेवा गर्ने अवसर प्राप्त हुन्छ ।  खानपिनमा सतर्क रहनु होला । स्वस्थ्य समस्या हुनसक्छ ।

मीन (दि दु थ झ ञ दे दो चा  ची) 

आजको दिन गरेको काम पूरा हुन कठिन होला । मनमा अनावश्यक कुराले डेरा जमाउनेछ । धन सम्पत्तिको क्षय हुनसक्छ । जोगिएर खर्च गर्नुपर्नेछ । आफन्तसँग विवाद हुनेछ । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update