Odapalika - The Fourth Estate - चौथो अंग
आज इन्द्रजात्रा, सार्वजनिक विदा दिएर विदेशी पाहुनासहित मनाइदै 

काठमाडौंँ । आज काठमाडौं उपत्यकामा यन्द्रजात्रा पर्व मनाइदै छ । पर्वको अवसर पारेर आज उपत्यकामा सार्वजनिक बिदा दिइएको छ भने काठमाडौँ महानगरपालिकाले विशेष कार्यक्रम गर्दै छ । 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, मकबानपुर, दोलखालगायतका जिल्लामा एकसातासम्म मनाउने चलन छ ।

भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमान ढोका अडाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि जात्रा सुरु हुन्छ । जात्रा अवधिभर विभिन्न प्रकारका विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरिन्छ । बुधबार कुमारीको पूजा गरिएको थियो । इन्द्र जात्राको अन्तिम दिन १५ असोजको राति उत्रम साइतमा लिङ्गो ढालेपछि जात्रा समाप्त हुन्छ ।

जात्राको मुख्य दिन आज राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा गणेश, भैरव र कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । 

इन्द्र जात्राको प्रचलन जयप्रकाश मल्ल राजाको पालादेखि सुरु भएको विश्वास गरिन्छ । यो ऐतिहासिक इन्द्र जात्रा अवलोकन गर्न महानगरपालिकाको निम्तोमा अमेरिका र चीनबाट पनि पाहुनाहरु काठमाडौं आएका छन् ।

काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्र जात्रा अवलोकनका लागि चीनको नान्जिङ्गका साथै छेन्दु र झान्झाउ नगरपालिका, सियान सिटी तथा अमेरिकाको फेडरिसवर्ग सिटीबाट पनि पाहुनाहरु आएका छन् । 

जात्रा अन्तर्गत १० असोजमा जीवित देवी कुमारी, गणेश र भैरवको पूजा गरिएको थियो । आज ती देवीदेवताको रथयात्रा हुने छ । रथयात्राको रुटमा सबै प्रकारका सवारी साधनहरु निषेध गरिएको छ ।

इन्द्र जात्राको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update