Odapalika - The Fourth Estate - चौथो अंग
बिदेशिएका प्रधानमन्त्री घुमघाम र तीर्थाटनमा मस्त, ‘सुन छानविन आयोग’ र सडक भने अस्तव्यस्त

काठमाडौं । संयुक्त राष्ट्र संघीय महासभामा सम्वोधन गर्न न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यतैबाट चीन हानिए । २ दिन अघि नै चीन र नेपालबीच १३ वुँदे सहमति र समझदारीमा हस्ताक्षर भयो । 

हस्ताक्षर सकिएलगत्तै उनको औपचारिक भ्रमण टोली नेपाल फर्किनुपर्ने हो । किनकी सुन तस्करीमा उच्चस्तरीय छानविन आयोग बनाउने मिति गत ५ गते नै गुज्रिसकेको छ । उनको अनुपस्थितिमा यो कामसँगै शिक्षकदेखि चिकित्सकसम्मको आन्दोलनले काठमाडौंँ तातेको छ । 

तर प्रधानमन्त्री भने चीनमा हुने औपचारिक कार्यक्रम सकिएको २ दिनसम्म पनि चीनका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल घुमघाममै रमाइरहेका छन् । 

प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जघुम्न निस्कदै छन् । बुधबार तिब्बतको ल्हासा पुगेका उनी बिहीबार गङ्गा  विमानस्थल हुँदै तिब्बत एयरलाइन्सको जहाज चढेर कैलाश पर्वत र मानसरोवर भ्रमणका लागि निस्केका छन् । 

इन्द्रजात्राको डिजिटल शुभकामना नेपाल पठाएपछि उनी मानसरोवर यात्रामा निस्किएका हुन् । उनीसँगै भ्रमण टोलीका सदस्यहरु सहभागी छन् । 

न्युयोर्क प्रस्थान अर्नुअघि खर्च कटौती गर्ने भन्दै छरितो टीम बनाउन निर्देशन दिएका प्रधानमन्त्री आफैँ औपचारिक कार्यक्रम सकिएपछि पनि राज्यकोषको रकम खर्चिएर चनिका विभिन्न पर्यटकीय स्थलको घुमघाममा व्यस्त छन् । 

अमेरिकाको न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड गत शनिबार उतैबाट चीन पुगेका थिए । 

प्रचण्ड अझै २ दिन चीनकै विभिन्न शहर घुम्नैमा व्यस्त हुनेछन् । भ्रमण टोलीका अनुसार उनी आगामी शनिवारमात्र स्वदेश फर्कदै छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update