Odapalika - The Fourth Estate - चौथो अंग
आज विश्व रेविजविरुद्धको दिवस, १ वर्षमै ७५ हजार जना वढीलाई टोक्छ कुकुरले 

काठमाडौँ । आज विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिन्छ । रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउने उद्धेश्यले मनाइन्छ । 

ग्लोबल एलायन्स फर रेबिज कन्ट्रोलले सन् २००७ देखि विश्व रेबिजविरुद्धको  दिवसको रुपमा मनाउन थालेको थियो । नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । 

तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/ ८० को तथ्याङ्कअनुसार कुकुरको टोकाइबाट ७५ हजार ५६२ जना र ९ हजार ९२१ जना अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए ।

यस्तै आव २०७५/ ७६ मा ३२ हजार ८८२ जनालाई कुकुरले टोकेको थियो । यो संख्या क्रमशः बढ्दै गएर आव ०७७/७८ मा ५४ हजार ९९६ जना पुगेको थियो ।

रेबिज एक घातक भाइरल सङ्क्रमण हो, यसलाई न्यूरोट्रोपीक भाइरस भनिन्छ । जुन छाडा कुकुर, स्याल, चमेरो, न्याउरी मुसो, बाघ, चितुवा र बिरालोजस्ता सङ्क्रमित जनावरको टोकाइबाट सर्छ । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update