Odapalika - The Fourth Estate - चौथो अंग
भीम उपाध्याय–हर्क साम्पाङ जुहारीः ढुंगा र गोरुको ब्राण्डिङ कि पदीय मर्यादाको उल्लंघन ? 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायसँग गज्जवको क्षमता छ । दुबैजना सामाजिक सञ्जालमा यति सक्रिय छन् कि छिनछिनमा उनीहरुका धारणा फेसवुक र ट्वीटरमा पढ्न पाइन्छ । र, उनीहरुबीचको दोहोरी र सर्वसाधारणको गालीको त मज्जा नै बेग्लै । 

पहिला यी २ जनाको आज फेसबुक स्टाटसको संख्या हेरौं । 

भीम उपाध्यायले आज यो आलेख तयार पार्दासम्म २४ घण्टामा फेसबुकमा २० वटा स्टाटस पोष्ट गरेका छन् । ती स्टाटसमा उनका असन्तुष्टिदेखि सूचनासम्म देखिन्छन् । 

अब हर्क साम्पङको फेसबुकतर्फ लागौँ । 

वितेको २४ घण्टामा उनले फेसबुकमा २४ वटा स्टाटस पोष्ट गरेका छन् । यो भनेको घण्टाको एउटा हो । संख्याको आधारमा हर्कले उपाध्यायलाई जित्ने रहेछन् । बिचार र तर्कका आधारमा भने उपाध्याय अगाडि । 

हर्कका स्टाटस भने श्रम संस्कृति प्रर्वद्धन र उनलाई चित्र नबुझेका व्यक्तिलाई गाली गर्नमा बढी केन्द्रीत देखिन्छ ।

जे भएपनि यी २ जना देशका लागि केही गरौँ भन्ने चेत बोकेर अघि वढिरहेका छन् । 

तर २ जनाबीच पछिल्ला दिन भने फेसबुक जुहारी गज्जवले चल्दैछ । दुवैका फ्यानहरु भने उनीहरुका गाली र जुहारी पढेर रमाइलो गरिरहेका छन् । जे होस् यी २ भाइको जुहारी पढेर नेपालीले निःशुल्क मनोरञ्जन भने लिइरहेकै छन् । 

धरानमा गोरु काटेर खाएको विषयमा उपाध्यायले गरेको तीखो टिप्पणी र त्यसमा हर्कले दिएको जवाफबाट सुरु भएको यी दुइजनाबीचको डिजिटल जुहारी बिहीबार भने गज्जवको देखियो । 

भीम उपाध्ययले एउटा स्टाटसमा लेखे– नपढेको भन्दा पढेलेखेकाहरु सजिलै बहुलाउँछन्, पढेर नबहुलाउनका लागि योग ध्यान आवश्यक छ । 

यो स्टाटसमा मेयर हर्क साम्पाङ सुटक्क छिरेर र लेखे– हो त्यो योग तिम्लाइ नै आवश्यक छ वुढा...धरान कहिले आउने ढुंगा बोक्न ?

उपाध्याय के कम जवाफ यसरी फर्काइहालेछन्– योग ध्यानबाट तिम्रो मति सुधार्न जरुरी छ । त्यहाँ आएर तिम्रो पुठ्ठामा घुच्चुक हान्दै सिकाउनु छ योग ध्यान है? तर गोरु खान छाडेनौ भने चैं सिकाउँदिन नि, है ?

hhhh1695876216.jpg

भीम उपाध्याय स्टाटस लेखेकै आधारमा कानुनी झमेलामा पनि परिरहन्छन् । केही दिन अघि एक महिलाले चरित्र हत्या गरेको भन्दै साइवर व्युरोमा उजुरी पनि दिइन । पछि माफी दिएँ भन्दै फिर्ता लिइन । यसअघि पनि उपाध्याय स्टाटस लेखेकै आधारमा विवादमा पर्दै आएका छन् । 

पूर्वसचिव र मेयरबीचको यो जुहारी तल्लोस्तरको त छ नै, दुबैले पटक पटक बौद्धिकता र श्रम संस्कृतिको ध्वाँस दिइरहेका हुन्छन् । 

जे होस, उपाध्याय अवकाशप्राप्त कर्मचारी भएकाले खास काममा खटिनु पर्दैन । स्टाटस लेख्छन्, बस्छन् । धेरैले उनलाई फेसवक म्यासेन्जरमा सूचना पठाइदिन्छन्, उनी फेसवुकमा फुत्त पोष्ट गर्छन । 

तर धरानका मेयर भने कामकाजी हुन् । उनमा जिम्मेवारी अति धेरै छ । काम गर्न जन्मिएको बताउने मेयरले फेसबुकमा अन्टसन्ट लेख्न र ओठे जवाफ फर्काउन छाडेर काममा मात्र केन्द्रीत भए अथवा स्टाटस अपडेटका लागि सहयोगीको भर परे भने गज्जब नै हुनेछ । 

कि कसो मेयर सा’व ? 
 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update