Odapalika - The Fourth Estate - चौथो अंग
बर्दिवासका होटलमा २५ प्रतिशत छुट, झिलीमिली पारियो सडक 

महोत्तरी । विश्व पर्यटन दिवसको अवसर पारेर महोत्तरीका होटल तथा पर्यटन व्यवसायीहरु आन्तरिक र वाह्य पर्यटक आकर्षित गर्न छुट सहितको स्वागतमा जुटेका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीमा आवद्ध व्यापारीहरुले आन्तरिक र वाहय पर्यटनको लागि २५ प्रतिशत छुटसहित स्वागतमा जुटेका हुन् ।

पर्यटकहरुलाई आकर्षित गर्न जिल्लाका मुख्य सडकहरुमा झिलिमिली बत्ती जडान गरिएको छ भने मन्दिर तथा पर्यटकीय स्थलहरुमा सरसफाई समेत गरिएको छ ।

यो पर्यटन दिवस ७ दिनसम्म मनाउने निर्णय गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले जानकारी दिए ।

‘यो अवधिमा स्थानीय पर्यटकीय सम्भावनाको खोजी र योजना पनि बनाउने छौँ । पहिलो दिन बुधबार हामी जिल्लाको उत्तरवर्ती क्षेत्रका पहाडहरु घुम्यौ,’ उनले भने । 

जिल्लाको उत्तरवर्ती क्षेत्रमा रहेका उच्च पहाडहरु राइमन्डल, चनौटेडाँडा जस्ता ठाउँहरुको सम्भाव्यता अध्ययन गरिएको अध्यक्ष कार्कीले वताए ।

होटल तथा पर्यटन व्यवसायीहरु जिल्लाका सीमा नाका र एयरपोर्टमा पुगेर खादा तथा माला लगाउदै आन्तरिक र बाहय पर्यटकको स्वागत गर्ने समेत कार्यक्रम छ ।

बुधवार मात्र ३ सय भन्दा बढी पर्यटकहरुलाई स्वागत, सत्कार गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले जनाएको छ ।

यो सगैँ पर्यटन व्यवसायीहरु जिल्लाका सम्भावित पर्यटकीय स्थलको सम्भावनाको संघन खोजीमा जुटेका छन । 

मधेश कै उच्च मानिएको राईमण्डल तथा चनौटे डाडामा केवुलकार तथा जिपलाइनको सम्भावना सहित थप सम्भाव्यता अध्यण गरिनुपर्ने होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको निष्कर्ष छ ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update