Odapalika - The Fourth Estate - चौथो अंग
कोशी र मधेशमा पानी पर्दा अन्य प्रदेशमा यस्तो छ मौसम 

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भूभागको थोरै स्थानमा र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी र मधेश प्रदेशसहित देशका पहाडी भूभागको थोरै स्थानमा र बाँकी भूभागको एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा र देशका बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update