Odapalika - The Fourth Estate - चौथो अंग
पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक 

काठमाडौँ । पत्रकार मनोज घिमिरेको पुस्तक ‘खेल अन्तर्य’ सार्वजनिक भएको छ । खेल विधामा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरेको सो कृतिलाई पत्रकार युवराज घिमिरसहितका पत्रकार र खेलकर्मीहरुले सार्वजनिक गरेका छन् । 

सो अवसरमा पत्रकार युवराज घिमिरे र तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन कुमार श्रेष्ठले शुभकामना व्यक्त गरेका थिए । यसै गरी वरिष्ठ पत्रकार गोविन्द लुइँटेलले पुस्तकको बारे प्रकाश पारेका थिए । 

सार्वजनिक कार्यक्रममा बोल्दै पत्रकार युवराज घिमिरेले  खेलकुदका सकारात्मक र नेपालमा रहेको विकृति दुवै पक्षको बारे उजागर पार्नुपर्ने विचार व्यक्त गरे । 

khel1695961234.jpg

अर्का पत्रकार लुइँटेलले पुस्तकमा नेपाली खेलकुदको विकृतिको पक्षमा उल्लेख गरिएको बताउँदै अझ सशक्त लेखनका लागि शुभकामना दिए । श्रेष्ठले घिमिरे अन्यायमा परेका खेलकर्मीको आवाज बोल्ने पत्रकार भएको प्रतिक्रिया दिए । 

पुस्तकमा नेपाली खेलकुदको समालोचना गरिएको छ भने केही अन्तर्राष्ट्रिय खेलकुदका फिचर र नेपाली खेलकुदमा महत्वपूर्ण योगदान भएका तथा संघर्षशील व्यक्तिको बारे उल्लेख । 

पुस्तकमा नेपाली खेलकुदमा बाहिर छरिएका भ्रम र आन्तरिक यथार्थका बारे उल्लेख गरिएको पुस्तकका लेखक घिमिरेले जानकारी दिए । 

kkkk1695961234.jpg

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update