Odapalika - The Fourth Estate - चौथो अंग
विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दै सिराचोक गाउँपालिका, चश्मा निःशुल्क दिने

काठमाडौं । गोरखाको  सिरानचोक गाउँपालिकाले विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने भएको छ । 

गाउँपालिकाभित्र रहेका माध्यमिक तहका विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै सामान्य स्वास्थ्य परीक्षण गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले गाउँपालिकाभित्र रहेका ५ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि ४ दिने स्वास्थ्य परीक्षण कार्यक्रम राखिएको जानकारी दिए । उनका अनुसार असोज १४ गतेदेखि १८ गतेसम्म गरी चार दिन स्वास्थ्य परीक्षण गरिनेछ । 

स्वास्थ्य परीक्षणका क्रममा आखामा समस्या देखिएका विद्यार्थीलाई पालिकाले नै निशुःल्क रुपमा चस्मा समेत उपलब्ध गराउनेछ । 

‘विद्यालयमा अध्ययनरत भाइबहिनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै हामीले माविस्तरका विद्यालयमा स्वास्थ्य चाँज गर्न लागेका हौँ । स्वास्थ्य जाँचमा आखा, मनासिक स्वास्थ्य परीक्षण र योगअभ्यास गर्न लागेका हौं,’ अध्यक्ष गुरुङले वडापालिकासँग भने ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update