Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन् आन्दोलनरत डाक्टरले अघि सारेका मागहरु

काठमाडौँ । डाक्टरहरुको पेशागत र भौतिक सुरक्षाको माग गर्दै असोज ९ गतेदेखि आन्दोलित बनेका डाक्टरहरुले आफूहरुकाग सार्वजनिक गरेका छन् । 

आवाशीय चिकित्सकहरुको नेतृत्वमा भएको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति बनाएर आन्दोलन सुरु गरिएको थियो । सो समितिले विभिन्न ३ बुँदे मागहरु सार्वजनिक गरेको छ ।

यस्ता छन् मागहरुः 

मिति २०८०।६।९ गते देखि सुरक्षित कार्यस्थलको माग राख्दै देशका विभिन्न आवासीय चिकित्सकहरुको नेतृत्वमा आह्वान गरिएको स्वास्थ्य कर्मीको आन्दालेनमा गठन गरिएको ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ले तय गरेका मागहरुः–

१. ‘जेल विथआउट बेल’को प्रभावकारी कार्यान्वयन सम्वन्धमाः– 

(क) पछिल्लो समय देशका मनिपाल–पोखरा, माडी–चितवन, हेटौडा, लमजुङ लगायत विभिन्न स्थानमा घटेका घटनाहरुका दोषीहरुलाई पक्राउ गरी तत्कल कारवाही गरियोस् ।

(ख) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ (पहिलो संशोधिन सहित) मा व्यवस्था भएको दफा १५ को कसुर र सजाय सम्वन्धमा भएको व्यवस्थामा संशोधन गरी ‘...दफा ३ बमोजिमको कुनै कार्य गरेमा न्यूनतम सजाय ३ बर्ष भन्दा बढी कैद र तीन लाख जरिवाना गरिनेछ ।’ कायम गर्ने ।

(ग) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ (पहिलो संशोधिन सहित) मा व्यवस्था भएको दफा ४ को उपदफा (१) लाई संशोधन गरी ‘...स्वास्थ्य संस्थामा दफा ३ विपरितको कुनै काम कारवाही गरेमा वा गर्न लागेमा त्यस्तो स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्था कार्यरत कर्मचारी वा स्वास्थ्य संस्थालाई तत्काल राज्यले सुरक्षा प्रदान गर्नेछ र नियमानुसार सार्वजनिक मुद्दा चलाई कारवाही प्रकृया अगाडी बढाउनेछ ।’ कायम गर्ने ।

दफा ४ मा उपदफा (५) थप गरी ‘यसरी सुरक्षा प्रदान गर्नु पर्ने सम्वन्धित अधिकारीले तत्काल सुरक्षा प्रदान गरी कारवाही प्रकृया अगाडी नबढाएमा सो अधिकारीलाई समेत प्रचलित कानुन वमोजिम कारवाही गरिनेछ ।’ संशोधन गर्ने ।

दफा १५ को उपदफा (३) लाई संशोधन गरी क्षतिपूर्ति कसुरदार वा राज्यले समेत व्यहोर्ने व्यवस्था गर्ने ।

(घ)  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ (पहिलो संशोधिन सहित) मा व्यवस्था भएको दफा १२ को कोषको व्यवस्था कार्यान्वयन सम्वन्धमा ७२ घण्टा भित्र कार्यविधि तयार गरी कार्यान्वयन गर्ने ।

(ङ) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी ऐन २०६६ (पहिलो संशोधिन सहित) मा व्यवस्था भएको दफा १७ को उपदफा (क) मा भएको व्यवस्था संशोधन गरी उपदफा (१) मा थप गरी ‘...दफा १५ को उपदफा (२) को खण्ड (च)’ थप गर्ने ।

२. स्वास्थ्य संस्था सुरक्षित कार्यस्थल सम्वन्धमाः–

(क) अस्पतालभित्र कार्यरत स्वास्थ्यकर्मीहरुमा सुरक्षाको प्रत्याभूति गराउन अस्पताल भित्र स्वास्थ्य सुरक्षा प्रहरीबलको तत्काल व्यवस्था गर्ने ।

(ख) प्रत्येक स्वास्थ्य संस्थामा ‘सुरक्षित कार्यस्थल’ कार्यान्वयन गर्न अस्पताल प्रमुख नजिकैको प्रहरी कार्यालय प्रमुख, उपभोक्ताको प्रतिनिधि र कानूनी अधिकारी सहितको समन्वयन समिति गठन गर्ने र सो समितिले नियमित कार्य गर्न सुनिश्तिता गर्ने । 

३. स्वास्थ्यकर्मीहरुका लामो कार्य समय, अत्याधिक कार्यबोझ लगायत आम नागरिकसम्म स्वास्थ्य सेवा सम्वन्धी चेतनाको अभाव लगायतका विषयहरुले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु पटक पटक कुटिई रहने घटनाहरु आईरहेकाले सो को कारक तत्वहरु पहिचान गरी निराकरण गर्न एक उच्च स्तरीय समिति गठन गर्ने र सो समितिले बुझाएका सुझावहरु अक्षरशः पालना गर्न प्रतिवद्ध रहने ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update