Odapalika - The Fourth Estate - चौथो अंग
संघको परिपत्रः सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रमाना लिएर ७ दिनभित्रमा आइसक्नु

काठमाडौँ । संघ सरकारले सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतहरुलाई ७ दिनभित्रमा रमाना पत्र लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी दिन परिपत्र गरेको छ । 

संघले सरुवा गरेका कर्मचारीहरु रमाना लिएर सम्बन्धित ठाउँमा नजाने र उल्टै पावर लगाएर पुरानौ ठाउँमा बस्न खोज्ने प्रबृत्ति बढ्दै गएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले मन्त्रीस्तरीय यस्तो निर्णय गरेकी हुन् ।

मन्त्री देवीले गरेको निर्णय कार्यान्वयन गर्नको लागि मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, प्रदेश तथा स्थानीय तहहरुलाई परिपत्र गरेको हो । परिपत्रमा सरुवा पदस्थापन कामकाज जा काजमा खटाइएका र काज फिर्ता गरिएका निकाय तथा कार्यालयमा रमाना भइ जानुपर्ने हालसम्म पनि रमाना नलिएएको कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको बताइएको छ ।

nirdeshan1695984666.jpg

केही स्थानीय तहहरुले संघ सरकारले प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा पदस्थापनमा मनपरी गरेको भन्दै गुनासो गरिरहेको समयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री देवीले यस्तो निर्णय गरेकी हुन् । स्थानीय तहहरुका प्रमुख प्रशासकीय अधिकृत संघ सरकारले पठाउने गरेको छ । संघ सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको र सरुवा गरेको आफूहरुलाई पत्तै नहुने भन्दै केही पालिकाका प्रमुखहरुले असन्तुष्टी पनि जनाइरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update