Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिषको सल्लाहः कुम्भ बोल्दै नबोल्नू, धनुले रिस थाम्नू, अरुको यस्तो छ योग 

मेष (चु चे चो ला लि लु ले लो अ)

तपाइँको आजको दिन प्रतिकूल रहेको छ । धन अनावश्यक रुपमा खर्चहुने योग रहेको छ । परिश्रम र मिहिनेतमा नै दिन गुजार्नु पर्नेछ । मानसिक तनावले दिन बित्नेछ । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आजको दिन अति उत्तम समय रहेको छ । हरेक काम सफल हुनेछन् । नसोचेको धन अचानक हात पर्नसक्छ । आवश्यक रकम समाजसेवामा खर्च हुनेछ । मनोरञ्जन र खुशीका साथ दिन बित्नेछ ।

मिथुन (का कि कु घ ङ छ के को ह)

मिथुन राशिका लागि आजको दिन त्यति फलदायक नै छ । कुनै पनि कार्य गर्दा सफलता प्राप्तहोला । नयाँ कार्यको थालनी आज गर्दा नै राम्रो हुन्छ । आज यात्रा गर्ने अनुकूल समय छ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आजको दिन प्रतिकूल देखिन्छ । परिश्रमपूर्वक गरेको कामबाट अपेक्षित लाभ नहुन सक्छ । आज यात्रा पनि नगर्दा नै होला । टाढाको यात्राबाट त झन् कष्ट झेल्नु पर्नेहुन्छ । कुरा काट्ने प्रशस्तै छन् । कतै ध्यान नदिई आप्mनो कार्यमा तल्लीन रहनु ठीक हुन्छ ।

सिंह (मा मि मु मे मो टा टि टु)

आजको समय कष्टमय रहनेछ । झन्झटिलो काममा फस्नु पर्नेछ । आफन्तको र साथीभाइको साथ पाउन असम्भव छ । पढाइ लेखाइमा पनि अवरोध होला ।  सफलता प्राप्त गर्न कठिन होला ।

कन्या (टो प पि पु ष ण ठ पो)

तपाईँको आजको दिन शुभ हुनेछ । आत्मविश्वासका साथ काम गर्नुपर्ने बेला छ । गरेका काम पूर्ण होलान् । आनन्दले खुसीका साथ दिन बित्नेछ । आकस्मिक धनलाभ हुने योग पनि रहेको छ ।

 तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन कष्टकर रहने छ । शरीरले आलस्यको सामना गर्नुपर्छ । मनमा अनावश्यक कुराले सताउनेछ । जीवनमा पनि निरस भएको अनुभूति होला । आर्थिकरुपमा आजको दिन निर्बल देखिन्छ । कुनै कुरामा आज विवाद नगर्नु नै राम्रो हुन्छ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

अरुले सहयोग लिएर गरिएको जटिल काम पनि सहज हुनेछ । स्त्रीहरुको सल्लाह विशेष उपयोगी सिद्ध हुनेछ । पेट सम्बन्धी रोगको सामना गर्नुपर्ला । खानपिनमा ख्याल गर्नुपर्ने हुन्छ । आफन्त र साथीहरुको माध्यमबाट महत्वपूर्ण कार्य बन्नेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

अनुकूल समय रहेको छ । नयाँ कार्यको थालनी हुने देखिन्छ । रिसलाई आप्mनो नियन्त्रणमा राख्नु पर्नेछ । नत्र आप्mनै रिसले सम्पूर्ण कार्य बिग्रनसक्छ । निर्णायक क्षमताले प्रशंसा पाउनु  हुनेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

सामाजिक क्षेत्रमा गरेको कामले जस पाइन्छ । मान सम्मान पाउने अवसर मिल्छ । पहिले गुमाएको वस्तु प्राप्त हुन सक्छ । नयाँ बस्त्र तथा गहना प्राप्तिको योग देखिन्छ । अरुको सल्लाहले भन्दा आप्mनै बुद्धिको प्रयोग गर्नु उचित हुनेछ । 

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आज गरेको काम सफल हुन्छ । बुद्धिमतापूर्वक सोचेर काममा हात हाल्नुपर्छ । शरीरको आलस्य हराउनेछ । टाउकोमा पीडा हुनसक्छ । आरामको जरुरत पर्नेछ । कम बोल्नु आजको दिन तपाईँको लागि उपयोगी हुनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

तपाँईको आज गरेका काम पूर्ण हुनेछन् । मनमा खुसी र उल्लास छाउनेछ । पाउमा थोरै दर्दको महसुस होला । मन चञ्चल होला । संयमताका साथ कार्य गर्नु पर्नेछ । यात्रा सफल हुन्छ । 

                    

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update