Odapalika - The Fourth Estate - चौथो अंग
मेयर चिरिबाबु भन्छन्ः जिउँदैमा सम्मान गरौँ न 

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले देशका लागि योगदान पु¥याउले व्यक्तिलाई जीवित हुँदा नै सम्मान गर्न आवश्यक रहेको बताएका छन् । 

शनिबार ललितपुरमा आयोजित ‘भैरब अल्फा साइन्स’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले देशका लागि योगदान पु¥याउने व्यक्तिलाई जीवित हुँदा नै सम्मान गर्न आवश्यक रहेको बताए । 

ललितपुर महानगरपालिकाले राष्ट्रलाई योगदान दिने व्यक्तिलाई सम्मानको नीति लिएको उनको भनाई छ । 

उनले भने, ‘ललितपुर महानगरपालिकाले यो देश, शहरको निमित्त बिभिन्न क्षेत्रबाट गर्नुभएको त्याग बलिदान तपस्यालाई हामीले जिवित अवस्थामा नै सम्मान गर्नुपर्छ । उहाँहरु बाँचेकै अवस्थामा सम्मान गर्यौ भने पक्कै पनि उहाँहरुको आयू बढ्छ भन्ने ललितपुर महानगरपालिकाले नीति लिएको छ ।’ 

उनले भैरब थापाको भैरब अल्फा साइन्स पुस्तकको विमोचन गर्न पाउँदा गौरव अनुभव भएको बताए । 
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update