Odapalika - The Fourth Estate - चौथो अंग
हाँडीगाउँको जात्रामा बालेनकाे क्रेज (तस्वीरसहित)

काठमाडौँ । उपत्यकाको चर्चित मानिने हाँडीगाउँको जात्रा सुरु भएको छ । लहरै तीनवटा रथ निकालेर सुरु गरिने यो जात्रा काठमाडौंका अन्य जात्राभन्दा फरक हुन्छ । 

रथको गजुर तलपारी र गर्भगृह र भगवानको मूर्तिमाथि राखेर रथको निर्माण गरिन्छ । भगवान राखिएको गर्भगृहलाई तलबाट बेस्सरी घुमाउने गरिन्छ ।

यसैले फरक र पृथक शैलीमा जात्रा मनाइने भएकोले कहीँ नभएको जात्रा हाँडी गाँउमा भन्ने उखानसमेत प्रचलित छ । नयाँ पुस्ताले समेत यो जात्राको मौलिकता जोगाउन सकरात्मक सहभागिता जनाउने गरेको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् । 

स्थानियबासी सुनिल महर्जनले अहिलेको युवाले पुराना संस्कृतिहरुलाई त्याग्दै अगाडि बढ्ने डर भएको अवस्थामा युवाको बाक्लो उपस्थिति उत्साहजनक रहेको बताए । जात्रामा निकालिएका तीन वटा रथलाई नगरपरिक्रमा गराउँदा स्थानीयले पूजा तथा स्वागत गर्ने चलन छ । 

जात्रा अवलोकन गर्न काठमाडौंँ महानगरपालिकाका मेयर वालेन शाह र उपमेयर सुनिता डंगोल पनि पुगेका थिए । तर जात्रा अवधिभर इन्द्रजात्रामा जसतै मेयर वालेन आकर्षणको केनद्रमा देखिन्थे । 

Photo (7)1696037963.jpg

Photo (3)1696037960.jpg

Photo (5)1696037960.jpg

Photo (2) (1)1696037954.jpg

Photo (1)1696037951.jpg

Photo (8)1696037773.jpg

Photo (5)1696037767.jpg

Photo (1)1696037764.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update