Odapalika - The Fourth Estate - चौथो अंग
शनिबारे घुमाघममा जाँदै हुनुहुन्छ ? पहिला मौसमबारे जान्नुहोस्

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुँदा देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागहरूमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।

राति भने कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update