Odapalika - The Fourth Estate - चौथो अंग
एमाले बागमती अध्यक्षमा ढुंगेल निर्वाचित हुँदा सिलवाल ठहरिए भाग्यमानी 

काठमाडौँ । एमालेको बागमती प्रदेश कमिटी अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । 

गए राति सार्वजनिक मत परिणामअनुसार रामेछापका ढुंगेलले ६९६ र प्रतिस्पर्धी मकवानपुरका कृष्णप्रसाद दाहालले ४३९ मत प्राप्त गरे । 

उपाध्यक्षमा दावा दोर्जे लामा, सचिवमा नवराज सिलवाल, उपसचिवमा प्रेमकुमार महर्जन र भक्तकुमारी लामा निवाचित भएका छन् ।  

सचिवमा निर्वाचित पूर्वप्रहरी अधिकृतसमेत रहेका सिलवाल भने यो निर्वाचनमा भाग्यमानी सावित भएका छन् । उनले जम्मा १ मतले चुनाव जितेका छन् । सिलवालले ५६८ मत पाउँदा उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए । 

एमाले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा अन्तिम मत परिणाम सार्वजनिक भएपछि पार्टिका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विजयीलाई बधाई दिए  । अधिवेशनमा कूल प्रतिनिधि १ हजार १७२  रहेकामा १ हजार १३१ जनाले मतदानमा भाग लिएका थिए ।

अध्यक्ष पदमा केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी दिए पनि फिर्ता लिउका थिए । 
 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update