Odapalika - The Fourth Estate - चौथो अंग
पेट्रोलियम पदार्थमा अस्वाभाविक मूल्यबृद्धि, एक सिलिण्डर ग्यासमै वढ्यो २१५ रुपैयाँ 

 

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि गरेको छ ।  शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यो मूल्य वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । बढेको मूल्य शनिबार राति १२ बजेबाट लागू भइसकेको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update