Odapalika - The Fourth Estate - चौथो अंग
आज देशभर पानी पर्ने, अझै २ दिन वर्षाको जोखिम 

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली र वर्षाको सम्भावना छ । 

दिउँसो देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । 

राति भने पनि मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । यस क्रममा राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

यो वर्ष अझै कम्तिमा २ दिन जारी रहेन मासम विभागको चेतावनी छ । विभागले तयसपछि भने विस्तारे मौसम खेल्दै जाने बताएको छ । 

वर्षाका कारण हुनसक्ने असुविधाका साथै चट्याङको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 
 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update