Odapalika - The Fourth Estate - चौथो अंग
ओखलढुंगाका जिसस प्रमुख खनालको निधन

ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको उपचारका क्रममा निधन भएको छ । 

७३ वर्षीया खनालको शनिवार राति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो । उनी आमासयको क्यान्सरबाट पीडित थिए ।

२०७९ सालको निर्वाचनमा  सिद्धिचरण नगरपालिका–३ को वडा सदस्य निर्वाचित उनी त्यसपछि भएको जिसस निर्वाचनमा निर्विरोध निर्वाचित भएका थिए ।  नेपाली कांग्रेस जिल्ला समिति ओखलढुङ्गाका पूर्वउपसभापति, पूर्वमहासमिति सदस्यसमेत रहेका खनालको निधनमा पार्टीका नेता कार्यकर्ताले शोक व्यक्त गरेका छन् । 

खनालका दुई छोरा, दुई छोरी छन् । खनालको आजै पशुपतिमा अन्त्येष्टि गरिने परिवारका सदस्यले जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update