
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका–४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको छ ।
नगरप्रमुख रामलखन मलहाका अनुसार उनको निधनमा शोक मनाउन नगरपालिकाभर आइतवार सार्वजनिक विदासमेत दिइएको छ ।
६५ वर्षका वडाध्यक्ष राय ६ महिनायता प्यारालाइसिसका कारण बिरामी थिए । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार भइरहेको थियो ।
घरमै हृदयघाटका कारण वडाध्यक्ष रायको निधन भएको हो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उनी निर्वाचित भएका थिए ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० ०६:५४
प्रतिक्रिया दिनुहोस्