Odapalika - The Fourth Estate - चौथो अंग
स्लाइसमा लेदो भेटिएपछि वरुण वेभरेजलाई २ लाख जरिमाना, महानगरले भन्योः अब पालो बियर उत्पादकको 

काठमाडौँ । पेय पदार्थ स्लाइसमा कालो लेदो भेटिपछि नेपालकमा यसको उत्पादक वरुण वेभरेजलाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिमाना तिराएको छ । 

कालीमाटीमा विक्री हुँदै गरेको स्लाइसको वोतलमा कालो लेदो देखिएपछि उपभोक्ताको गुनासो गरेका थिए । 

उपभोक्ताबाट प्राप्त सूचनाका आधारमा महानगरको कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाको नेतृत्वमा अनुगमन टोली वेभरेजको कायाृलय पेप्सीकोला पुगेको थियो । 

बन्द स्लाइसको बोतलमा भेटिएको कालो पदार्थ देखाएर यसको गुण र अवस्थाका विषयमा प्रश्न गदाृ जवाफ पाउन नसकेपछि जरिमाना गरिउको महानगरले जनाएको छ । 

यससँगै टोलीले पेय पदार्थलाई प्याकेजिङ् गरिसकेपछि पनि रसायनिक र भौतिक गुणस्तर परीक्षण गर्न, यो लटमा उत्पादन भइसकेको पेय पदार्थ फिर्ता ल्याउनलगायत निर्देशन दिएको छ । 

महानगरले बजारमा म्याद गुज्रिएको वियर पाइन थालेको भन्दै यसको अनुगमनलाईसमेत तिब्र बनाएको जनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update