Odapalika - The Fourth Estate - चौथो अंग
प्रज्ञा प्रतिष्ठानमा अनुवाद विमर्श कार्यक्रम सम्पन्न 

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागले अन्तर्राष्ट्रिय अनुवाद दिवसका अवसरमा अनुवाद विमर्श कार्यक्रम  देवकोटा सभाकक्षमा आयोजना गर्यो । 

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईलेअनुवाद गर्नु आफैँमा जटिल काम  भएको बताए । अनुवाद जस्तो अन्तर्राष्ट्रिय आयामले  देश देशान्तरमा रहेका राष्ट्रहरूको भूराजनीति र सांस्कृतिक कुटनीतिलाई बुझ्ने अवसर दिने भन्दै उनले हाम्रो रैथाने बहुभाषिक अनुवाद प्रणालीलाई व्यवस्थित गरेर अघि बढ्न सकेमा मात्र सांस्कृतिक रूपले राष्ट्रियता थप  बलियो हुनेछ धारणा राखे । अनुवाद कार्यलाई  प्रज्ञा प्रतिष्ठानले उच्च प्राथमिकता दिने उनको प्रतिवद्धता छ ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले नेपाल बहुभाषिक देश भएकाले नेपालका मातृभाषाबीच आपसी अनुवाद जरुरी रहेको बताए ।

प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् साहित्य (अनुवाद) विभागका प्रमुख हंसावती कुर्मीले  सम्पूर्ण भाषाका अनुवादकलाई एकै ठाउँमा सुव्यवस्थित गरेर अनुवाद कर्मलाई सुगम बनाउन लागिपर्ने बताइन् । 

डा. शिव रिजालले ‘परिवर्तनशील नेपाली समाजिक सन्दर्भ र बदलिँदो अनुवाद सङ्कथन’  शीर्षकको कार्यपत्र प्रस्तुत गरे ।कार्यपत्रभित्र अनुवादको नेपाली सन्दर्भ र इतिहास,अनुवाद र अनुवाद सिद्धान्त, अनुवाद श्रम शिल्प र अनुवादकका बारेमा व्याख्या गरिएको छ । यसमा अनुवादको आवश्यकता र  ओैचित्यलाई प्रस्ट पारिएको छ । यस कार्यपत्रको टिप्पणी भीमनारायण रेग्मी, अनुराधा  र दलबहादुर आङ्बुहाङले गरे ।

कार्यक्रममा सहभागीका तर्फबाट विक्रम त्रिपाठी ,विष्णु सिञ्जाली मगर ,शशी थापा पण्डित र सञ्जोग लाफा मगरलगायतले जिज्ञासा राखे भने कार्यक्रमको सहजीकरण सकुन जोशीले गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update