Odapalika - The Fourth Estate - चौथो अंग
पशुपतिमा बिर्सजन गरियो भारतमा वेवारिसे मृत्युवरण गरेका १९६ को अस्तु 

काठमाडौँ । भारतमा वेवारिसे मृत्युवरण गरेका १९६ नेपालीको अस्तु मानव उपकार संस्था भारतको पहलमा बाग्मतीमा विसर्जन गरिएको छ । 

वेवारिसे शवको व्यवस्थापन तथा अन्तिम संस्कार गर्दै आएको उत्तर प्रदेशको अलिगढमा रहेको अग्रणी सामाजिक संस्था मानव उपकारले बाग्मती नदीमा ठूलो संख्यामा भारतमा वेवारिसे मृत्यु वरण गरेका नेपालीका अस्तु विसर्जन गरेको हो ।

मानव उपकार संस्थाको पहलमा सोह्रश्राद्धको अवसर पारेर काठमाडौंको पशुपतिनाथ मन्दिरको छेउमा रहेको बाग्मती नदीमा संस्थामा जम्मा भएका १९६ अपरिचित वेवारिसे शवको अस्तु विसर्जन गरेको हो । 

भारतमा विगत २४ वर्षदेखि सेवा गर्दै आएको संस्था मानव उपकार क्षेत्रमा हिन्दू अपरिचित शव फेला परेपछि उनीहरुको विधि अनुसार अन्तिम संस्कार गरी अस्तुलाई संस्कार र विधिबमोजिम दाहसंस्कार गरिएको मानव उपकारका संस्थापक अध्यक्ष विष्णुकुमार बन्टीले बताए । 

astu (2)1696231288.jpg

संस्थाको संरक्षणमा लामो समयदेखि उनीहरुको अस्तु आफन्तको पर्खाइमा राखिएको थियो । संस्थाको अगुवाईमा पितृपक्ष सोह्रश्राद्धमा विगतका वर्षदेखि कुनै–कुनै पवित्र स्थानमा विसर्जन, पिण्डदान, तर्पण र श्राद्ध गर्ने चलन रहेको छ भने यसपटक नेपालमा यो पुण्य कार्य सम्पन्न गरिएको संस्थाका अध्यक्ष बन्टीले जानकारी दिए । 

आइतबार भारतबाट हवाई मार्गबाट १८१ मानव सेवक नेपाल आएको संस्थापक सदस्य तथा अध्यक्ष डा पंकज धीरजले जानकारी दिए । समाजसेवाको क्षेत्रमा काम गरिरहेको यस संस्थाले अहिले भारतका गया, गंगासागर, हरिद्वार, प्रयाग, अयोध्या, उज्जैन, चित्रकूट, बनारस, सोरोन, द्वारका, सोमनाथ, रामेश्वरम, अनुपशहर, लगायतका तीर्थस्थलहरूको भ्रमण गरेको छ । 

राजघाट, नरोरा, गणमुक्तेश्वर, जगन्नाथ पुरी लगायतका स्थानमा पुण्य कार्य गरिसकेको छ । सो अवसरमा संस्थाका अन्य संस्थापक सदस्य रतन वार्शने, मनोज गोटेवाल, उमेशचन्द्र वार्षने, प्राची वार्शने, धर्मेन्द्र गुप्ता, हरे कृष्ण मुरारी, राजीव धरम कान्त, अशोक गोल्डी, भवानी शंकर शर्मा, राजीव जलाली, किशन वार्शने, इन्जि. नवनीत गुप्ता, बालकिशन बल्लो, गिराज बाबा, सुभाष शुक्ला, बीएस अग्रवाल, सुनील मुम्बई, राकेश गर्गलगायत उपस्थित थिए ।
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update