Odapalika - The Fourth Estate - चौथो अंग
संघले पठाएको कर्मचारी फिर्ता गरिदिए स्थानीय तहले, मन्त्रालय भन्छ– त्यसो नगर्नु

काठमाडौँ । संघीय सरकारले पठाएको कर्मचारीलाई केही स्थानीय तहले फिर्ता गरिदिएका छन् ।

संघले समायोजन तथा समायोजन मिलान गरी पठाएका कर्मचारीलाई केही स्थानीय तहले फिर्ता पठाएका हुन् । 

कर्मचारी समायोजन ऐन २०७५ मा संघीय सरकारले स्थानीय तहमा समायोजन तथा समायोजन मिलान गरी कर्मचारी पठाउने भन्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार पठाएका कर्मचारीलाई केही स्थानीय तहले विभिन्न बहाना बनाएर फिर्ता पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

यसरी कर्मचारी फिर्ता हुन थालेपछि मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्दै कर्मचारी फिर्ता नगर्न भनेको छ ।

‘प्रचलित कानुनी व्यवस्था बमोजिम समायोजना भएका कर्मचारीहरुलाई उक्त कानुनी व्यवस्था प्रतिकुल हुनेगरी फिर्ता गर्न नमिल्ने भएकोले निजहरुलाई साविक बमोजिम हाजिर गराई व्यवस्था गर्नु’ मन्त्रालयले सबै स्थानीय तहलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update