Odapalika - The Fourth Estate - चौथो अंग
स्वर्णिम योजना सञ्चालन कार्यविधि बनाउन काठमाडौँ महानगरको निर्देशन 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिम योजना सञ्चालन विधि र कार्यविधि बनाउन विभागीय प्रमुखहरुलाई आग्रह गरेका छन् ।

आइतबार बसेको सिनियर म्यानेजमेन्ट टीम मिटिङ् (एसएमटी) मा अहिलेसम्मका प्रगतिको जानकारी लिएपछि काममा थप सहजता ल्याउन कार्यविधि आवश्यक रहेको उनको भनाइ छ ।

प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, आफू मातहतका कर्मचारीलाई काममा लगाउने दायित्व विभागीय प्रमुखको रहेको बताए ।  ‘कतिपय कामका लागि जनशक्ति पुगेका छैनन् । जनशक्ति छैनन् भनेर काम रोक्न पनि मिल्दैन । यसलाई व्यवस्थापन गर्ने जिम्मेवारी विभागीय प्रमुखले वहन गर्नुपर्छ,’ उनले भने ।

इन्टर्नमा आएका विद्यार्थीहरुले ३३ प्रकारका कार्यविधिको मस्यौदा तयार पारेका छन् । विभागबाट मागेर होइन, कानुन विभागले काम र त्यसको सञ्चालन विधिका आधारमा मस्यौदा बनाएको हो । बैठकमा कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले भने, ‘नभइ नहुने भए मात्र कानुन बनाउनु पर्ने, कार्यान्वयनमा नआउने कानुन बनाएर समय खर्च गर्नु भएन ।’

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update