Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह निर्वाचनमा गरिएको कारवाही फुकुवा भएपछि बर्दिवास कांग्रेसमा उत्साहसँगै संशय 

महोत्तरी । कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार र उम्मेदवारलाई समर्थन, प्रस्ताव गर्नेदेखि लिएर प्रचारमा संलग्न सम्मलाई गरिएको कारवाही फुकुवा गरेपछि बर्दिवास नगरपालिकामा  कांग्रेस कार्यकर्ताहरुमा उत्साह थपिएको छ । 

कारवाही फुकुवापछि स्थानीय नेताहरु खुसी साटासाटसँगै भावी रणनीतिमा जुटेका छन् । पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध  कांग्रेसका प्रल्हाद कुमार क्षेत्री बागी वनेपछि कार्यकताृहरु २ कित्तामा उभिदै आएका थिए ।

बागी उठेर जितेका क्षेत्रीको कारवाही यसअघि नै फुकुवा भइसकेको छ भने भर्खरै मात्र उनका समर्थक कांग्रेस कार्याकर्तामाथिको कारवाही फुकुवा भएको हो । 

पाटीभित्रै कारवाही फुकुवाको लागि लामो रस्साकसीमा रहेका नेताहरुलाई शुक्रवार कारवाही  फुकुवा भएपछि कांग्रेस पुनः एक ढिक्का वन्ने विश्वास कार्यकर्ताको छ । 

तर अचम्म लाग्दो त कहाँनीर छ भने जिल्लाका एकथरी कग्रेसले  अझै कारवाही भोगेको समूहलाई स्वीकार गर्न  सकेका छैनन् । विभिन्न तामझामका साथ पाटीले भब्य स्वागत गर्ने अपेक्षा गरेका निर्वाचित जनप्रतिनिधिहरुले अपेक्षा गरेभन्दा फरक माहोल वन्यो ।

बर्दिवास नगरपालिकामा निर्वाचित नगरप्रमुख क्षेत्रीका बिषयमा त पार्टीभित्रै २ वटा गुट सिर्जना भए । त्यो गुट अहिलेपनि यथावत छ । 

स्वतन्त्रको हैसियतमा जितेका क्षेत्री दर्जनौ पटक पार्टीका शीर्ष नेताहरुलाई भेटेर कारवाही फुकुवा गर्न अनुरोध गर्दा पनि कारवाही फुकुवा नभएपछि अन्य पार्टीमा जाने विकल्पमा थिए । 

क्षेत्री माओवादी केन्द्रले पोलिटव्युरो सदस्य दिए उक्त पार्टीमा प्रवेश गर्ने समेत तयारी गरेका थिए । तर उनी निकट  नजिकका कार्यकर्ताहरुले यसलाई अस्वीकार  गरेपछि रोकिएको उनी निकट एकजना नेताले वताए ।

पुराना कांग्रेसी नेता चिरञ्जीवी हमालको छत्रछायामा आफ्नो राजनीति हुर्काएका भनिएका क्षेत्रीको सम्बन्ध जिल्ला अधिबेशनदेखि नै चिसिएको थियो । यसको प्रभाव स्थानीय निर्वाचनसम्म आइपुग्दा प्रष्ट देखियो । 

केन्द्र तहसम्म पाटीभित्र राम्रो पकड भएका नेता हमालले कांग्रेसवाट क्षेत्रीलाई नै टिकटको आश्वासन दिएका थिए । तर निर्वाचनमा उम्मेदवार वनेर होमिने कुनै योजना नबनाएको वताउने उनै हमाल आफै टिकट लिएर प्रतिस्पर्धामा होमिए ।

विगतमा जेजस्तो भएतापनी हमाल क्षेत्रीसहितको टिमलाई साथमा लिएर अगाडि वढन चाहन्छन तर  हमाल निकट कतिपय नेताहरुले भने यसको विरुद्ध दवाव दिइरहेको पनि स्रोतले वताएको छ ।

‘भर्खरै आएका छन् अब स्थानीय स्तरमा पार्टीलाई कसरी अगाडि वढाउछन् भन्ने हेर्न बाँकी छ,’कांग्रेसका एक स्थानयि कार्यकर्ता भन्छन् । 

पाटीवाट बिद्रोह गरेर वागी उम्मेदवारलाई समर्थन गर्नेहरुको पद समेत पुर्ववत नै राखेको हुनाले कतिपय नेताहरुले असन्तुष्टि जनाउदै आएका छन् ।
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update