Odapalika - The Fourth Estate - चौथो अंग
ज्योतिष  शास्त्रअनुसार यस्तो हुनेछ आज तपाईँको दिन   

मेष (चु चे चो ला लि लु ले लो अ)

धन लाभ हुनेछ । नयाँकार्यको थालनी हुनेछ । प्रिय खबर सुन्नुपर्ला । मन प्रफुल्लित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

आजको कार्य उपलब्धिमूलक हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । सामाजिक कार्यमा सहभागी हुने अवसर । 

मिथुन (का कि कु घ ङ छ के को ह)

मनमा द्वन्द्व सिर्जना हुनेछ । आप्mनो कर्तव्य निभाउन असक्षम भइनेछ । आज खर्चिलो दिन हुनेछ । 

कर्कट  (हि हु हे हो डा डि डु डे डो)

मिष्ठन्न भोजनको अवसर मिल्नेछ । धैर्यता र सकारात्मक सोचको आवश्यकता देखिन्छ । आज गरिएको लेनदेनले फाइदा हुनेछ । 

सिंह  (मा मि मु मे मो टा टि टु)

आजको दिन भाग्योदय समय छ । कामको चारैतिरबाट सम्मान होला । धैर्य र सकारात्मक सोचले कार्य पूरा हुनेछ  ।

कन्या (टो प पि पु ष ण ठ पो)

अचानक धनप्राप्ति र भेटघाटको अवसर मिल्नेछ । अप्रत्यासित खुस्केको बोली तपाईँको लागि भारी पर्न सक्छ । कामको उपलब्धिपूर्ण प्रतिफल हुनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन प्रतिकूल रहनेछ । खुट्टा तान्नेदेखि सतर्क रहनुहोला । स्वास्थ्यमा खराबी देखिनेछ । 

वृश्चिक  (तो ना नि नु ने नो या यि यु)

आजको समय शुभ रहनेछ । जीवन साथीको प्रशंसा पाएर मन प्रफुल्ल हुनेछ ।  शारीरिक पूmर्ति बढ्नाले काम गर्न जोश जाँगर आउनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिले आज शत्रुको सामना गर्नु पर्नेछ । अनावश्यक मानसिक चिन्ता बढ्नेछ । आर्थिक प्रगति भने हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

तपाईँका ज्ञान र बुद्धिको सबैले प्रशंसा गर्नेछन् । सामाजिक कार्यमा सरिक हुन पाइएला । सन्तानको प्रगति सुन्न पाइएला ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

विभिन्न बाधा अड्चन आउलान् ।  बाहन सम्बन्धी खरिद बिक्रि होला । मित्रको अपमान सहनुपर्ला । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

तपाईँले गरेको प्रगतिले भाइबन्धुलाई डाहा हुनेछ । कुरा काट्नेहरु प्रशस्तै हुनेछन् । घुमफिरमा समय बित्नेछ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०७:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update