
विराटनगर । एमाले कोशी प्रदेश कमिटी अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
प्यान प्रतिस्पर्धामा उत्रिएका नेताहरुबीचको प्रतिस्पर्धामा खतिवडा प्यानलका अधिकांश नेताले जित हासिल गरेका छन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार खतिवडाले ५१२ मत ल्याउँदा ढकालले ४३० मत पाए ।
यी २ जनाबीच यसअघिप्रति प्रतिस्पर्धा भएको थियो । २०६६ सालमा मोरङ अध्यषका लागि भएको मतदानमा ढकाल बिजयी भएका थिए ।पार्टी अध्यषले रुचाएका खतिवडा खतिवडा मोरङ–१ का पूर्वसांसद्समेत हुन् ।
सचिव र उपसचिव पदमा पनि खतिवडा प्यानलकै उम्मेदवारहरु निर्वाचित भएका छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी ५२४ मतसहित विजेता बन्दा उनका प्रतिस्पर्धी उदयपुरका शैलेश लामाले ३८१ मत पाएका छन् ।
उपसचिवमा खोटाङका देवान राई ६२८ र झापाकी जलवर्षा राजवशी ६१० मतसहित बिजयी भए । उपाध्यक्षमा भने धनकुटाका टीकराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् ।