Odapalika - The Fourth Estate - चौथो अंग
नेपालमा अझै ३ दिन पानी पर्ने, यस्तो छ आजको मौसम पूर्वानुमान 

काठमाडौँ । आज बिहानैबाट देशका केही भू–भागमा पानी पर्ने क्रम सुरु भएको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी छ । दिउँसो देशभर सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्ष हुने जनाइएको छ । 

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ भने राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका  एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

उता, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।

मनसुन सक्रिय रहेकाले अझै केही दिन नेपालबाट यो वर्षको मनसुन नबाहिरिने मोसमविद बताउँछन् । विभागका अनुसार अझै कम्तीमा तीन दिन मनसुन बाहिरिने सम्भावना छैन । मगंलबारसम्म मनसुन भारतको जोतपुरसम्मबाट बाहिरिएको विभागका अधिकारी बताउँछन् । तर नेपालबाट भने अझे केही दिन नबाहिरिने बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update