Odapalika - The Fourth Estate - चौथो अंग
भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य 

काठमाडौंँ । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ । 

टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको छ । 

झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०२ रन बनाएको छ । 

भारतका लागि यशस्वीले ४९ बलमा ८ चौका र ७ छक्काको मद्दतमा १ सय रन बनाए । यसैगरी रिंकु सिंहले अविजित ३७ , शिवम दुबेले अविजित २५ र कप्तान ऋतुराज गायकवाडले २५ रन जोडे ।

पहिलो विकेटका लागि यशस्वी र ऋतुराजले १ सय ३ रनको साझेदारी गरेका थिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

भारतले सिधैं क्वार्टरफाइनल खेलेको हो । समूह ‘ए’ को नेपालले मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १३८ रनले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक भारतको सामना गरिरहेको छ । भारत विश्वबिजेता टिम हो । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update