Odapalika - The Fourth Estate - चौथो अंग
धार्मिक दंगा भड्किने भएपछि नेपालगंजमा निषेधाज्ञा जारी 

 

बाँके । नेपालगञ्जमा अनिश्चितकालीन निशेधाज्ञा जारी गरिएको छ । मंगलबार दिउसो हिन्दू ओमकार समाजको आयोजनामा गरिएको प्रदर्शनमा नेपालगञ्ज उपमहानगर बिपिचोक नजिकै सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहारभएपछि स्थिति नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो ।

यसअघि मुस्लिम समुदायले सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर विरोध प्रर्दशन गरेको थियो । यसको काउन्टरमा आज हिन्दुहरुले जुलुस निकालेका हुन् ।

हिन्दू ओमकार समाजको आयोजनामा नेपालगञ्जको बागेश्वरी मन्दिरमा जम्मा भएर जयश्रीराम झण्डा लिएर न्यूरोड, सेतुविकचोक, हुदै सुर्खेतरोड, बिपिचोकबाट त्रिभुवनचोक जाने क्रममा अनियन्त्रित भई सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उछृंखल गतिविधि सुरु भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाका भित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन २०२० को दफा ६ बमोजिम आज दिउसो १ बजेदेखि लागू हुने गरि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको उल्लेख छ । 

danga1696320336.jpg

 

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update