Odapalika - The Fourth Estate - चौथो अंग
बझाङमा २ घण्टाको बीचमा ४ भूकम्पः ४ स्थानीय तहमा क्षति

काठमाडौँ । आज अपरान्हदेखि बझाङमा भूकम्पले आतंक मच्चाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज २ घण्टाको बीचमा बझाङ केन्द्रविन्दु बनाएर भूकम्पका ४ धक्का रेकर्ड गरिएको छ ।

केन्द्रका अनुसार आज भूकम्पको पहिलो धक्का दिउसो २ बजेर ४० मिनेटमा महसुस गरिएको थियो । सो समयमा ५.३ म्याग्निचुटको भूकम्प मापन गरिएको छ । यस्तै, दिउसो ३ बजेर ६ मिनेट जाँदा ६.३ म्याग्निचुटको भूकम्पको धक्का महसुस गरियो । 

त्यसपछि पनि भूकम्पको धक्का निरन्तर देखिए । केन्द्रको तथ्यांक अनुसार ३ बजेर ४५ मिनेटमा ४.१ म्याग्निचुटको भूकम्पको धक्का महसुस गरियो भने ४ बजेर २८ मिनेट जाँदा ४.१ म्याग्निचुट क्षमताको अर्काे धक्का रेकर्ड गरियो ।

Photo (1)1696332857.jpg

यसअघि गत बैशाख १५ गते र २०७९ साल माघ १० गते बजुरा केन्द्रविन्दु बनाएर ५.९ म्याग्निचुटको भूकम्पको धक्का रेकर्ड गरिएको थियो । पश्चिम नेपाल केन्द्रविन्दु भएर गएका ठूला भूकम्प रेकर्ड भएको यही नै हो ।

भूकम्पले ४ स्थानीय तहमा क्षति पुर्याएको छ । केन्द्रले दिएको जानकारी अनुसार बझाङका दुर्गाथली गाउँपालिका, तलकोट गाउँपालिका, जयपृथ्वी नगरपालिका र खप्तडछान्ना गाउँपालिकामा आजको भूकम्पले क्षति पुर्याएको छ ।

यी स्थानीय तहहरुका सरकारी कार्यालय, सरकारी विद्यालयका भवनहरु तथा सर्वसाधारणको घरमा क्षति पुगेको छ । भूकम्पको कारण जयपृथ्वी राजमार्गमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ भने बझाङको जिल्ला प्रहरी कार्यालयको भवन चर्किएको छ । 

यस्तै, छविसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ को जाले बगरमा २ जना घाइते भएका छन् । तलकोट गाउँपालिका–१ को सुनिकोट माविको भवन र जयपृथ्वी नपा– १० को हिमालय मावि र सत्यवादी माविको भवनमा क्षति पुगेको छ । 

Photo (5)1696332860.jpg

Photo (8)1696332859.jpg

Photo (4)1696332857.jpg

bajhanj bhukampa1696332749.jpg

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update