
मेष (चु चे चो ला लि लु ले लो अ)
आजको दिन फलदायक छ । सुखद र रमाइलोसँग दिन बित्नेछ । अचानक धनप्राप्तिको सम्भावना बलियो छ ।
वृष (इ उ ए ओ बा बि बु बे बो)
आजको दिन फलदायक हुनेछ । मनोरञ्जन भेटघाटमा दिन बित्नेछ । आर्थिक लाभ हुन सक्नेछ ।
मिथुन (का कि कु घ ङ छ के को ह)
तपाईँको आज खर्चिलो दिन हुनेछ । शत्रु भने परास्त हुनेछन् । टाढाको यात्रा हुनसक्नेछ ।
कर्कट (हि हु हे हो डा डि डु डे डो)
काम विशेषले अचानक यात्रा हुन सक्नेछ । गरेको कामबाट प्रशस्त लाभ हुनेछ । विद्याको क्षेत्र भने मध्यम रहेको छ ।
सिंह (मा मि मु मे मो टा टि टु)
कार्य सफल हुनेछ । जोश जाँगरले काम बन्नेछ । कर्म अनुसारको फल प्राप्त हुनेछ ।
कन्या (टो प पि पु ष ण ठ पो)
गरेको कामको जश पाइँन्छ । वादविवादमा आप्mनो जीत होला सकिन्छ । मन अस्थिर हुनेछ । लेनदेनको कारण तनाव हुनेछ ।
तुला (र रि रु रे रो ता ति तु ते
आजको दिन निराशा रहनेछ । कुनै सामान नष्ट हुने या गुमाउनु पर्नेछ । आफन्तको पूर्ण साथ पाइदैन । आजको यात्रामा झमेला हुनेछ । त्यसैले यात्रा नगर्दा राम्रो ।
वृश्चिक (तो ना नि नु ने नो या यि यु)
आज तपाईँको दिन सुखद देखिन्छ । गरेको कामबाट धनलाभ हुनेछ । मनोरञ्जनपूर्ण र रमाइलो दिन हुनेछ ।
धनु (ये यो भा भि भु ध फा ढा भे)
समय प्रतिकूल रहेकाले खर्च बढ्नेछ । आजको कारोबार नगर्दा उचित देखिन्छ । शत्रुपक्ष सबल देखिनेछन् ।
मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)
धनप्राप्ति तथा श्रीप्राप्ति योग देखिन्छ । गुमाएको सामान प्राप्त हुनेछ । भोजभतेर र खानपिनमा समय खर्चिनु पर्नेछ ।
कुम्भ (गु गे गो सा सि सु से सो दा)
आज स्थायी साधनको खरिद हुनेछ । महत्वपूर्ण कार्य बन्नेछन् । मन उत्साहित हुनेछ । सबैको साथ पाउने सम्भावना देखिन्छ ।
मीन (दि दु थ झ ञ दे दो चा ची)
कुनै कुरामा बन्धुहरुसँग विवाद हुनसक्छ । पराक्रम बढ्नेछ । धैर्यताको साथ लिएर काम गर्नुहोला ।