Odapalika - The Fourth Estate - चौथो अंग
 तपाईको आजः मीनको दिनभर घुमफिर, वृश्चिकलाई साथीभाइकै किचकिच 

मेष (चु चे चो ला लि लु ले लो अ)

तपाईँको कामको प्रशंसा र सम्मान हुनेछ । दिनभरी नै सुखको अनुभूति भइरहने छ । साँझ दाजुभाइसँग रमाइलो भेटघाट होला । 

वृष (इ उ ए ओ बा बि बु बे बो)

आजको दिन उत्तम हुनेछ । काम गर्दा सहयोग गर्ने बढी होलान् । धन प्राप्तिको सम्भावना प्रवल रहेको छ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

आज उत्तम समय रहेको छ । मान, सम्मान तथा प्रशंसा पाएर मन प्रफुलित  हुनेछ । नसोचेको काम बन्ने योग रहेको छ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

विपरीत लिङ्गसँग जोगिनु पर्नेेछ । अनावश्यक विवादमा पर्न सकिन्छ । मानसिक तनाव रहनेछ । अनावश्यक खर्च हुनेछ । 

सिंह (मा मि मु मे मो टा टि टु)

अनावश्यक यात्राले थकित भइनेछ । तपाईँको कामको सम्मान हुनेछ । नयाँ साथीसँग सम्बन्ध स्थापित हुनेछ  । आम्दानी हुने देखिन्छ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आजको दिन अर्थपूर्ण बन्नेछ । जे काम गर्नुहुन्छ त्यो पूरा हुने देखिन्छ । आज नयाँ कामको थालनी भने नगर्दा ठिक होला । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन पूरापूर भाग्यले साथ दिनेछ । धार्मिक यात्रा भने शुभ रहनेछ । जमघट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको स्वस्थ्यमा समस्या रहनेछ । सामान्य कुरामा पनि साथीहरुले किचकिच गर्नेछन् । अनावश्यक खर्च हुनेछ ।

धनु (ये यो भा भि भु ध फा ढा भे)

धनु राशिका लागि आज सुखद रहेको छ । नयाँ सामान खरिद बिक्रिको योग रहेको छ । समाजसेवाको अवसर प्राप्त हुनेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

शरीरमा केही कष्ट हुनेछ । दुख दिनेहरु जुर्मुराउनेछन् । समस्या झेल्नुपर्नेछ । धैर्यताले काम गर्नुपर्ला ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

तपाईँका मनमा नआएको काम अचानक बन्नेछ । रमाइलो यात्रा तय हुनेछ । सन्तान सुख प्राप्त हुनेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

प्रशंसाले तपाईँको मन आनन्दित हुनेछ । नयाँ कामको योजना बन्नेछन् । घुमफिरमा समय बित्नेछ । 

 


 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update