Odapalika - The Fourth Estate - चौथो अंग
मौसम विभाग भन्छ : छाता नै बोक्नुपर्ने अवस्था नआएपनि ४ प्रदेशमा आज पानी पर्छ

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आजवाट मनसुनी प्रणाली कमजोर बनेका कारण पानी पर्ने सम्भावना कम हुँदै गएको  बताएकाे छ । 

२ दिनदेखिको लगातार झरी अब रोकिने विभागको भनाइ छ । मौसम विभागका अधिकारीका अनुसार अव देशका प्रायजसो सवै भागमा यात्रामा छाता वोकेर हिड्नु पर्ने छैन । तर केही प्रदेशका उक दुइ स्थानमा भने अझै वर्षाको सम्भावना टेरको छैन । यद्यपी यो पानी पर्ने क्रम विगतमा भन्दा कमजोर हुनेछ । 

विभागका अधिकारी पानी पर्ने क्रम पूर्णत बन्द हुने कुरालाई नर्कादै आम रुपमा हिजो अस्तीजस्तो वर्ष नभएपनि छिटफुटको सम्भावना भने जिवित नै रहेको बताउँछन् । 

तीन दिन अगाडि नै नेपालबाट मनसुन बहिरिनु पर्ने भएपनि हालको मौसम प्रणाली नेपालमा अझे केही दिन रहन भने सक्ने भएका कारण पानीको सम्भावना पूर्णरुपमा इन्कार गर्न नसकिन विभागले जनाएको छ । 

आज भने देशका केही भू–भागमा आज पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ । आज बिहान कोसी र मधेश प्रदेशमा आंशिकदेखि सामान्य मौसम छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा छ ।

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ ।

विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update