Odapalika - The Fourth Estate - चौथो अंग
संघीय संंसदका दुबै सदनको बैठक आज, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  संघीय संसदका दुबै सदनको बैठक आज बस्दै छ ।  प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभा  बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची छ । 

यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निणर्यार्थ प्रस्तुत गरिनेछ ।

आजको बैठकमा प्रतिनिधिसभाका पूर्व सदस्य खेमराज भट्ट मायालुको निधनमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत समेत गर्नेछन् ।

राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे पनि जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८०’ सभामा पेस गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update