Odapalika - The Fourth Estate - चौथो अंग
बझाङका भुकम्प पीडित भन्छन् : यो देशमा हाम्रा लागि सरकार छ र !

बझाङ । निरन्तरको भूकम्पका कारण मानवीय र भौतिक क्षति व्यहोरेका वझाङवासीले संघदेखि स्थानीयसम्मको सरकार भएको अनुभुति गर्न नपाएको बताएका छन् । 

भुकम्बाट घरवारबिहीन भइसक्दासमेत अझै खुला आकाश मुनि बस्नुपरेको उनीहरुको गुनासो  छ । 

भुकम्प गएको २ दिनपछि बल्ल जिल्ला विपत व्यवस्थापन समितिको बैठक बसेको छ भने अधिकांश स्थानीय तहका जनप्रतिनिधि गाउँ नपुगेको स्थानीयको गुनासो छ । 

जयवृथ्वी नगरपालिका १० चैनपुरका स्थानीय शम्भुकुमार ओखडाले अहिलेसम्म पालसम्म नपाएको गुनासो गरे । उनले सरकारले रातह सामग्री वितरणमा मात्र होइन पीडितहरुलाई पालसमेतको व्यवस्था नगरेको गुनासो गरे । 

वझाङका प्रमुख जिल्ला अधिकारी नारायण पौडेल भने आज जिल्ला बिपत व्यवस्थापन समितिको बैठक बसेको बताउँदै बैठकले तत्काल राहत, तथ्यांक संकलन, क्षतिको विवरण संकलन जस्ता काम तिव्र पार्ने निर्णय गरेको बताउँछन् । 

उनले स्थानीय विपत व्यवस्थापन समितिलाई समेत प्रभावित क्षेत्रमा पुग्न र राहत तथा उद्धारमा जुट्न निर्देशन दिइएको बताए । 

उता सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकाकाका उपप्रमुख रतनबहादुर सिंह नै प्रभावितलाई भेट्न स्थानीय सरकार अझै नपुगेको स्वीकार गर्छन् । 

उनले सदरमुकाम चैनपुर बजार क्षेत्रमा जनप्रतिनिधि पुगेको दाबी गरेपनि प्रभावित ग्रामिण क्षेत्रमा भने भोलिवाट मात्र पुग्ने कार्यक्रम रहेको बताउँछन् । 

यस्तो छ प्रारम्भिक क्षतिको विवरण 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update