Odapalika - The Fourth Estate - चौथो अंग
आठविस नगरपालिकाकाका कर्मचारी आन्दोलित, अनिश्चितकालीन बन्दको घोषणा

दैलेख । अस्थायी करारका कर्मचारी हटाएको भन्दै आठबीस नगरपालिकाभित्र कार्यरत शिक्षक, स्वास्थ्यकर्मी र अस्थायी करारका कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् । 

उनीहरुले नगरप्रमुखले अस्थायी करारका कर्मचारीलाई असोज मसान्तपछि हाजिर हुन नदिन निर्देशन दिएको र यो निर्देशन  नेपाल सरकारबाट जारी करार कर्मचारी व्यवस्थापन सम्वन्धि मापदण्ड २०७८ विपरित भएको भन्दै अनिश्चितकालीन बन्द आह्वान गरेका हुन् । 

उनीहरुले भोलि अर्थात १९ असोजदेखि नगरपालिका, सवै कडा कार्यालय, विद्यालय, आकस्मिकबाहेकका स्वास्थय सेवा बन्द गरेर आन्दोलनमा उत्रने घोषणा गरेका हुन् । 

हेर्नुहोस् विज्ञप्ति 

aathbis1696505072.jpg


 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update