
काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट अध्यक्षमा म्याग्दीका नवराज शर्मा निर्वाचित भएका छन् ।
बिहीबार भएको मतदानमा मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन् । नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खसेको थियो ।
त्यस्तै उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् भने गुरुङले ५३४ र उनका प्रत्यासी नवलपुरका बाबुराम विश्वकर्माले ३६२ मत प्राप्त गरे ।
सचिवमा नवराजपक्षीय धनञ्जय दवाडी ५२० मतसहित विजयी भए । कास्कीका रश्मि आचार्यको पक्षमा ३६६ मत आएको थियो ।
त्यस्तै उपसचिवमा कास्कीका दामबहादुर विकले ४९९ मत लिएर निर्वाचित हुँदा उनका प्रत्यासी म्याग्दीका सन्तोष रावलले ३९७ मत ल्याएका थिए ।
उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारीले ५३१ मत लिएर विजयी हुँदा कास्कीकी मिना गुरुङले ३६५ मत ल्याइन् ।
उपत्यकाको आजबाट
एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
पूर्वनिर्धारित तालिका अनुसार गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो ।
अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने तयारी भएको आयोजकको भनाइ छ । उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क) बाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ ।