Odapalika - The Fourth Estate - चौथो अंग
फेरि गयो बझाङमा भूकम्प

काठमाडौँ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रबिन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ ।

गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो । गत मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका थिए १६ असोजयता मात्र वझाङमा  ४ म्याग्निच्युटभन्दा माथिका १२ भन्दा वढी भूकम्पको धक्का महसुस गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update