Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरकी उपमेयर भन्छिन्ः सडक सुरक्षा सबैको दायित्व 

काठमाडौँ । काठमाडौं महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताएकी छन् ।

शुक्रबार काठमाडौँमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० समापन कार्यक्रममा उनले दुर्घटना कतिबेला कहाँ हुन्छ भन्ने थाहा नहुने त्यसको लागि आफै सचेत हुनु पर्ने बताएकी हुन् । 

उनले भनिन्, ‘हामी प्रहरीलाई दोष लगाइरहेका हुन्छौँ । सडक सुरक्षा सबैको दायित्वको विषय हो । हतार करणले गर्दा गन्तव्यमा पुग्न सकिँदैन । ’

उनले हरेक दिन सडक दुर्घटनामा परि ६ देखि ७ जनासम्मले आफ्नो ज्यान गुमाएका हुन्छन् जो  धेरैको लागि यो अङ्कमा मात्र सीमित हुन्छ ,तर उ र उसको परिवारको लागि यो अंग पछाडि ठुलो पीडा हुने बताएकी छन् ।  

हरेक दिन १५ देखि १६ जना घाइते हुने गरेका छन् जसले गर्दा जिन्दगीभर पीडा हुने उनको भनाइ छ । उनले महानगरले यातायातलाई विशेष प्राथमिकतामा राखेर काम गरेको बताएकी छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update