Odapalika - The Fourth Estate - चौथो अंग
हवाइ मैदानमा हर्क साम्पाङको चासो, यतिसँग मागे जवाफ 

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राइृ साम्पाङले हवाइ मैदान निर्माण प्रयोजनका लागि धरानमा खरिद गरेको जग्गाको अवस्थाबारे जानकारी मागेका छन् । 

आज यति एयरलाइन्स संचालक यति इन कर्पोरेटलाई पत्र लेख्दै हवाई मैदान निर्माण गर्ने भनेर किनेको जग्गाका बारेमा जानकारी गराउन भनेका छन् । 

उनले धरान उपमहानगरपालिका वडा नम्बर १७ (साविकको घोपा २) का विभिन्न कित्ताका जग्गाहरू हवाई मैदान निर्माणका लागि खरिद गरे पनि अहिलेसम्म उक्त प्रयोजनका लागि जग्गाको प्रयोग नभएको भन्दै पत्राचार गरेका हुन् । 

पत्रमा सरोकारवालाहरुले अहिलेसम्म जग्गा खरिदको प्रयोजनअनुसार काम नभएको गुनासो गरेको भन्दै वास्तविक विवरण उपलव्ध गराउन भनेका हुन् । 

‘हालसम्ममा हवाइ मैदान निर्माण सुरु नभएकाले जग्गा फिर्ता दिलाइ पाऊ भन्ने समेत ब्यहोराको सरोकारवालाहरूको यस कार्यालयमा निवेदन पेश हुन आएकोले सो सम्बन्धमा के कसो भएको हो ? जग्गाको हालको अवस्था के कसो छ ? सम्पूर्ण ब्यहोरा खुलाई १५ दिन भित्र सो विषयका प्रमाण सहितको जानकारी पठाई सहयोग गरिदिनु हुन अनुरोध छ’, राईले लेखेको पत्रमा भनिएको छ ।

harka1696586815.jpg

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update