Odapalika - The Fourth Estate - चौथो अंग
राहत र पुर्नस्थापनाको बाचासहित बझाङका भूकम्पपीडितलाई प्रधानमन्त्रीका १३ आश्वासन 

काठमाडौँ । भुकम्पपीडितलाई भेट्न बझाङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहत, पुनस्र्थापना र पुनर्निर्माणमा सरकारले सहयोग गर्ने घोषणा गरेका छन् । 

गत मंगलवार  मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट भएको क्षति मूल्यांकन गरेर आवश्यकताअनुसार सहयोग गर्ने उनले बचन दिएका छन् । 

भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ उपलव्ध गराउने उनले घोषणा गरे । 

भूकम्पबाट प्रभावित अन्य परिवारलाई राहतस्वरूप परिवार संख्याको आधारमा मापदण्ड बमोजिम १५ देखि २० हजार तत्काल राहत खर्च व्यवस्था गरिने उनको भनाइ छ ।

पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरुको व्यवस्थापन भएको भन्दै उनले आवश्यक परेमा थप सामग्री उपलव्ध गराउने आश्वासन दिए ।  

भूकम्पमा परी घाइतेहरूको निःशुल्क उपचार गर्ने भन्दै उनले मृतक परिवारलाई तत्काल २ लाख रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरे । 

भत्किएका, चिरा परेका, आंशिक क्षति भएका घर तथा संरचनाहरुको दीर्घकालीन पुननिर्माण र पुनस्र्थापनाका लागि स्थानीय तह, जिल्ला प्रदेशबाट प्राप्त क्षति मूल्यांकनका आधारमा कार्यविधि बनाइ स्थानीय सामाग्रीहरूको प्रयोग बाटै  पुनर्निमाणको काम अगाडि बढाइने सरकारको आश्वासन छ । वझाङ पुगेका प्रधानमन्त्रीले  वझाङका जनतालाई विभिन्न १३ आश्वासन बाँढेर फर्किएका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update