Odapalika - The Fourth Estate - चौथो अंग
आजको मौसम : देशका अधिकांश भागको मौसम सफा 

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ। 

कोशी, बागमती र  गण्डकी प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र मधेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

त्यस्तै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा  मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update