Odapalika - The Fourth Estate - चौथो अंग
तुला कन्या र कर्कटलाई मालामाल, अन्य राशिको यस्तो छ दिन

 

तिथि : कृष्ण नवमी बिहान ११ः४६ बजेसम्म त्यसपछि दशमी     

नक्षत्र : तिष्य, करण : वव, चन्द्र राशि : कर्कट        

सूर्योदय : ६ः०  सूर्यास्त : १७ :४२   दिनमान : २९ :१२ घडी        

राहु काल : दिनको ४ः३० देखि  साँझ ६ः०० सम्म 

तपाईँको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आज जग्गासम्बन्धी कारोबार सन्तोषजनक हुनेछैन । आफ्नो बुद्धिको पूरा उपयोग हुनेछ । यात्रा कष्टपूर्ण हुनेछ । बोलीमा भने लगाव लगाउनु पर्ला । 

वृष राशि (इ उ ए ओ बा बि बु बे बो)

आज तपाईँको पराक्रम बढ्नेछ । बन्धुबान्धवको सहयोग पाइएला । स्वस्थ्यमा समस्याआउनेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

धनप्राप्तिको योग रहेकोछ । आयआर्जन राम्रो होला । कुटुम्बसँग भेटघाट हुनेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

तपाईँले सोचेजस्तै दिन आज हुनेछ । आफन्तको सुझाव उपयोगी सिद्ध हुनेछ । मनोरञ्जन कार्यमा सरिक भइनेछ । 

सिंह (मा मि मु मे मो टा टि टु )

आज अत्याधिक खर्च होला । बसेको स्थान छोड्नु पर्नेछ । शत्रु भने परास्त हुनेछन् ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज तपाईँको राम्रो दिन रहेको छ । धनसम्पत्ति लाभ हुने देखिन्छ । अचानक सुखद यात्रामा निस्किनु पर्ने हुनसक्छ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन गरेको कर्म खेर जाँदैन । शरीरमा स्पूmति आउँनेछ । सुखद् अनि परिवारिक भेटघाट हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आजको समय भाग्योदयको हुनेछ । शत्रुहरु परास्त हुनेछन् । धर्मकर्म तिर मन जानेछ ।

धनु ( ये यो भा भि भु ध फा ढा भे)

आजको दिन तपाईँको प्रतिकूल छ । कसैसँग मनमुटाव हुनसक्छ । अरुको तर्कले आपूmलाई परास्तगर्न सक्नेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

घरपरिवारसँग रमाइलो यात्रा तय होला । आत्मविश्वासका साथकाम गरिनेछ । नयाँ सामान खरिद गरिनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

शत्रु बलियो रुपमा देखिनेछन् । सतर्क भएर काम गर्नु पर्नेछ । परिश्रमपूर्वक गरेको कामबाट पनि थोरै लाभ होला । मान सम्मानमा आँच आउला । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

सन्तानबाट सुख हुनेछ । सिद्धिप्राप्तिको योग रहेको छ । तपाईँको भावनाको कदर हुनेछ । पढाइको क्षेत्रमा सन्तोषजनक उपलब्धि प्राप्त हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०७:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update