Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधिसभाको कार्यसूचीमा विद्यालय र बिजुली

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक आइतबार  दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।

त्यसैगरी बैठकमा सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

संसद सचिवालयका अनुसार बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update