Odapalika - The Fourth Estate - चौथो अंग
एमाले प्रदेश अधिवेशानः उपत्यका विशेषमा प्रेम पराजुली सर्वसम्मत

काठमाडौं ।  नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत चयन भएका छन् । 

अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चयन भएका हुन् ।  गत शुक्रबार सुरु भएको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालले उम्मेदवारी दिएका थिए । 

यस्तै, उपाध्यक्षमा विदुर कार्की, सचिवमा मिलन धरेल तथा उपसचिवमा जितेन्द्र श्रेष्ठ र उर्मिला सुनुवार सर्वसम्मत चयन भएका छन् ।
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update