Odapalika - The Fourth Estate - चौथो अंग
संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै सडक बहस 

काठमाडौं । अनेरास्ववियू क्रान्तिकारी नेपाल समाजवादी विद्यार्थी यूनियनले, संघीय  शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दैै सडक बहस गरेको छ । 

बिहीबार काठमाडौंको माईतीघर मण्डलामा आयोजित सडक बहसमा सहभागीले संघीय शिक्षा ऐन तत्काल जारी गर,विश्वविद्यालयहरुमा शैक्षिक क्यालेण्डर लागु गर ,उच्च स्थरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर लगायतका प्ले कार्डहरु प्रद्धर्शन गरी सडक बसह गरेका थिए । 

कार्यक्रममा युवा नेत्री मानुषी यामी भट्टराईले, अहिलेको शिक्षाको अवस्था अलपत्र परेको संघीयता जस्तै रहेको तर्क गरिन् ।

उनले भनिन्, ‘अलपत्र परेको संघियता जस्तो छ त्यस्तै शिक्षा ऐन पनि अलपत्र प¥यो भने त्यसको जिम्मा कसले  लिन्छ ?अब विद्यार्थी साथिहरुले शिक्षा ऐन ल्याउने मात्र होईन कि गुणस्तर सँग जोडिएको ऐन ल्याउँने कुरामा वसह गर्नुपर्छ भन्ने मेरो अनुरोध छ ।’

शिक्षा ऐनसंगै विश्वविद्यालय ऐनलाई पनि ध्यान दिन उनको सरकारलाई अनुरोध छ । ‘हामीले संघीय शिक्षा ऐनसँगै विश्वविद्यालयसँग सम्बन्धित ऐनलाई पनि ध्यानपूर्वक नियाल्नु पर्छ । सँगै क्याविनेटमा गएको प्रस्तावमा नीजि विश्वविद्यालयहरु ऐन सरासर अगाडि बढ्छ ।’
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update