Odapalika - The Fourth Estate - चौथो अंग
रोहिणी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र वडाअध्यक्षले किन छाडे एमाले ? 

काठमाडौँ । नेकपा एमाले रोहिणी गाउँपालिका रुपन्देहीको उमाले गाउँ कमिटीका उपाध्यक्ष, उपाध्यक्ष र ४ जना वडा कमिटी अध्यक्षले पार्टी परित्याग गरेका छन् ।

उनीहरुले एमाले त्यागेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरेको बताएका छन् । 

नेकपा एसको जागरण अभियानका क्रममा गाउँकमिटी अध्यक्ष सुनिल कौशल, उपाध्यक्ष दिलिपमणि त्रिपाठीसहित ४ वटा कडा कमिटकिा अध्यक्षले एमाले छाडेर नेकपा एस रोजेका हुन् । 

उनीहरुलायृ अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले पार्टी प्रवेश गराएका छन् । 

स्थानीइ तह निर्वाचनका बेला लोसपा छाडेर एमाले भएका उनीहरुले पार्टीको प्रदेश अधिवेशनको नजिता र अधिवेशनमा पार्टी देखाएको रवैयाको विरोध गर्दै नेकपा एसमा प्रवेश गरेको बताएका छन् । 

एमालेको स्थानीय कमिटीले भने अध्यक्ष उपाध्यक्ष र एकजना वडा अध्यक्षले मात्र पार्टी छाडेको दाबी गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update